प्रदेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन

हेल्थपोस्ट नेपाल

सर्लाही – प्रदेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन।

प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत्लगायतको व्यवस्थापनका कारण अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको प्रदेशिक अस्पताल मलङ्गवाले जनाएको छ। प्रदेश सरकारले रु ५० लाखमा खरिद गरेर दिएको अक्सिजन प्लान्टले दैनिक २० सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ।



Leave a Reply

Your email address will not be published.