सरकारको निर्णय : कोभिड-१९ विरुद्ध विश्व बैंकबाट प्राप्त ऋण सहायता स्वीकार गरिने

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले कोभिड-१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट प्राप्त हुने २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो सहायता स्वीकार गर्ने निर्णय भएको बताए।

यस्तै बैठकले नेपाल मेडिकल काउन्सिल (पाँचौं संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने, औषधि दर्ता (चौथो संशोधन) नियमावली ०७८ स्वीकृत गर्ने, ग्लोवल फण्डको एड्स, क्षयरोग र मलेरिया रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ देखि २०२४ को कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या मन्त्रालयका सचिवलाई सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ।



Leave a Reply

Your email address will not be published.