थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि, १४४ संक्रमित आइसियुमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ९१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २ हजार ४५४ संक्रमित संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ।

हाल देशभर १४ हजार ४३५ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार ८२८ होम आइसोलेसनमा र ६०७ संस्थागत आइसोलेसनमा रहेका छन्। १४४ को आइसियु र २३ को भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.