धौलागिरि आयुर्वेद प्रदेशकै उत्कृष्ट

हेल्थपोस्ट नेपाल

बागलुङ – बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो।

एक महिनाअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो। मुख्यमन्त्रीको कार्यालयले पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएको औषधालयका प्रमुख डा. सरोजकुमार रायले बताए। यसअघि पनि औषधालय प्रदेशकै उत्कृष्ट काम गर्ने कार्यालयका रुपमा पुरस्कृत भइसकेको उनले उल्लेख गरे।

प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो। औषधालयले कोरोना महामारीका बेला उल्लेख्य काम गरेको थियो। औषधालयले जिल्लाका विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर योग शिविर सञ्चालन गर्दैआएको छ। कोरोना सङ्क्रमितको घरमै पुगेर औषधिसमेत वितरण गरेको थियो।



Leave a Reply

Your email address will not be published.