स्वीकृत नगराइ बिदा बसेको भन्दै कोशी अस्पतालका डाक्टरलाई मन्त्रालयको स्पष्टिकरण

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पताल विराटनगरमा कार्यरत नवौं तहका अधिकृत एवं कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. ओमविजु पन्तलाई स्पष्टिकरण सोधेको छ। मन्त्रालयले डा. पन्त बिदा स्वीकृत नगराइ २०७५ वैशाख २ गतेदेखि अनुपस्थित रहेकाले स्पष्टिकरण सोधेको जनाएको छ।

यसअघि सफाइ पेश गर्न मन्त्रालयले गत मंसिर २१ गते ७ दिनको समय दिएको थियो। सो समयमा डा. पन्तले बुझाएको स्पष्टिकरण सन्तोषजनक नभएकोले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)(ज) को कसुरमा सोही ऐनको दफा ७२ (ख)(१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने र सेवाबाट हटाउन नपर्ने कुनै कारण भए सबुद प्रमाणसहित ७ दिनभित्र स्पष्टिकरण पेश गर्न मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.