थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १६ हजार ६१६

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७८९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा १ हजार ९९३ संक्रमित संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर १६ हजार ६१६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १५ हजार ९४७ होम आइसोलेसनमा र ६६९ संस्थागत आइसोलेसनमा रहेका छन्। १५१ को आइसियु र २६ को भेन्टिलेटरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published.