नशा तथा हाडजोर्नी विशेषज्ञ सम्मेलन चितवनमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – देशभरका अर्थोपेडिक सर्जनहरुको छाता सङ्गठन नेपाल अर्थोपेडिक एसोसिएसनको २७ औं वार्षिक सम्मेलन चितवनमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा सात विदेशीसहित एकसय भन्दा बढी अनुसन्धान र शोधपत्र प्रस्तुत गरिँदै छ।

सम्मेलनमा ९० अर्थोपेडिक सर्जन सहभागी छन् भने ५ सय हाराहारी स्वदेश र विदेशका विज्ञहरुले जुममार्फत् कार्यक्रममा सहभागी हुनेछन्। आजदेखि सुरु भएको सम्मेलनमा एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. रवीन्द्रलाल प्रधान, पूर्वअध्यक्ष डा. दीपक महरा, केन्द्रीय महासचिव डा. विनोद शेरचन, साइन्टिफिक कमिटीका संयोजक डा. शैलज रञ्जीतकार, आयोजक समितिका अध्यक्ष एवं एसोसिएसनका चितवन अध्यक्ष डा. सुरेश पाण्डे, आयोजक समितिका सदस्य सचिव डा. प्रमोद लामिछानेलगायतले बोलेका थिए।

सदस्य सचिव डा. लामिछानेले कार्यक्रमले अर्थोपेडिक विधामा प्रदान गरिने सेवाको स्तर देशभरका सम्पूर्ण अस्पतालमार्फत् वृद्धि गर्न बौद्धिक सहयोग पुग्ने अपेक्षा गरिएको बताए। अनुसन्धानबाट पत्ता लागेका निष्कर्ष र सोधपत्रको प्रस्तुतिकरण र छलफलले चिकित्सकलाई आउँदा दिनमा काम गर्न सहयोग पुग्ने उनको भनाइ छ।



Leave a Reply

Your email address will not be published.