एचआईभी सङ्क्रमणमुक्त हुने विश्वकै पहिलो महिला, कसरी भयो सम्भव?

हेल्थपोस्ट नेपाल

काठमाडौं – एक अमेरिकी महिला एचआईभी सङ्क्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ। रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ।

उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छिन्। तर, विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्।

बिरामीको उपचार गरिएको यो विषय गत मंगलबार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो। एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो।

क्यान्सरको उपचारका लागि नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभीको उपचारका लागि एन्टिरेट्रोभाइरल थेरापी आवश्यक परेको थिएन। अमेरिकामा एचआईभी सङ्क्रमित मानिसहरूमा क्यान्सर र अन्य गम्भीर रोगको उपचारका लागि उस्तै प्रकारको रगत प्रत्यारोपण विधि प्रयोग गरेर भएका उपचारबारे गरिएको व्यापक अध्ययनमध्ये यो उपचार पनि एक थियो।

बिबिसी



Leave a Reply

Your email address will not be published.