थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७५६ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा १६ सय संक्रमित संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। देशभर हाल १८ हजार २५१ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.