ललितपुरमा फागुन ९ र १० गते ‘बुस्टर डोज’ दिइने

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुर महानगरपालिकाले कोरोनाविरुद्ध बुस्टर डोज दिने भएको छ। महानगरले यही फागुन ९ र १० गते १ देखि २९ वडामै बुस्टर डोज खोप कार्यक्रम गर्ने भएको हो।

महानगरले २९ वटै वडाबाट १८ वर्षमाथिका नागरिक जसले दोस्रो मात्रा लगाएको ६ महिना पूरा भइसकेको छ उनीहरुले खोप लगाउन सक्ने जनाएको छ। महानगरले आ-आफ्नो वडामा बुस्टर डोजका लागि सम्पर्क राख्न सकिने बताएको छ।

खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।



Leave a Reply

Your email address will not be published.