‘क्यान्सरको उपचार नेपालमै सम्भव छ’

हेल्थपोस्ट नेपाल

भैरहवा – हरेक किसिमको क्यान्सर रोगको उपचार नेपालमै सम्भव भएको हुँदा त्यसको पहिचान, पहिचानपछि उपचारको सुरुआतमा ढिलाइ गर्न नहुने क्यान्सर रोग विशषज्ञले सुझाव दिएका छन्।

लायन्स क्लब अफ भैरहवा ग्रीनसिटी र नेपाल बालकल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा भैरहवामा आज आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले उक्त सुझाव दिएका हुन्।

कार्यक्रममा बाल क्यान्सर रोग विशषज्ञ डा. अञ्जली पण्डितले भनिन्, ‘क्यान्सर धनी-गरिब जोसुकैलाई हुनसक्छ, भोलिका दिनमा मलाई पनि हुनसक्छ, तपाईलाई पनि हुनसक्छ। क्यान्सर भयो भन्दैमा आत्तिने होइन, त्यसको उपचारमा लागि हाल्नुपर्छ। उपचारका लागि नेपालमै सम्भव छ, विदेश जानु जरुरी छैन।’

बोनम्यारोको ट्रान्सप्लान्ट गर्ने नेपालकै पहिलो विशषज्ञ चिकित्सकसमेत रहेकी डा. पण्डितले नङ र कपालबाहेक शरीरको हरेक अङ्गमा क्यान्सर हुनेसमेत बताइन्। नेपाल क्यान्सर अस्पतालमा कार्यरत डा. पण्डितले बालबालिकामा हुने क्यान्सर रोगको संकेत, त्यसको उपचार विधिका बारेमा अविभावक बढी सचेत हुनुपर्नेसमेत बताइन्।



Leave a Reply

Your email address will not be published.