पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान तथा चित्रकला प्रदर्शनी

हेल्थपोस्ट नेपाल

काठमाडौं – पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान स्नातक तह विद्यार्थी समाजले चित्रकला प्रदर्शनी तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय बालबालिका क्यान्सर दिवसको अवसर पारेर मंगलबार समाजले उक्त कार्यक्रमको आयोजना गरेको थियो।

रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेका थिए। यस्तै कार्यक्रममा चित्रकला प्रदर्शनी तथा प्रतियोगिता पनि आयोजना गरिएको थियो। उक्त प्रतियोगिताका विजेतालाई पुरस्कार पनि वितरण गरिएको समाजले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका उपकुलपति एवं प्राध्यापक डा. राजेश नाथ गन्गोल रहेका थिए।

No description available.



Leave a Reply

Your email address will not be published.