थप ६८० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९५ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा १ हजार ८३५ संक्रमित संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ।

हाल देशभर १९ हजार ४०० सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.