काठमाडौं र चितवनमा बर्डफ्लू देखिएपछि सचेत रहन मन्त्रालयको आग्रह

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौंसहित चितवनमा केही दिनअघि वर्डफ्लू देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका-६ मा केही दिनअघि वर्डफ्लू भेटिएको पुष्टि भएको थियो।

वर्डफ्लू संक्रमित व्यक्तिमा देखिने लक्षण

-ज्वरो आउने
-सास फेर्न गाह्रो हुने
-थकान महसुस हुने
-घाँटी, पेट र मांशपेशी दुख्ने
-खोकी लाग्ने
-बान्ता हुनु
-पखाला लाग्नु
-निमोनिया हुनु

वर्डफ्लू रोकथाम र नियन्त्रण कसरी गर्ने?

-पक्षीहरु पालिएको खोर सँधै सफा राख्ने र समय-समयमा निसंक्रमण गर्ने
-खोरहरु सफा गर्दा आफ्नो व्यक्तिगत सुरक्षाका निम्ति मास्क, बुट र पञ्जा लगाउने
-खोर सफा गरिसकेपछि वा पक्षीहरुको सम्पर्कमा पुगेपछि साबुनपानीले मिचिमिचि हात धुने।
-संक्रमण भएको खण्डमा चिकित्सक वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने
-संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा कुहिना, रुमाल वा टिस्यु पेपरको प्रयोग गर्ने र प्रयोग गरिएको टिस्यु पेपरलाई उचित स्थानमा व्यवस्थापन गर्ने
-संक्रमित व्यक्ति आइसोलेसनमा बस्ने
-जथाभावी र जतिबेला पनि आफ्नो आँखा, नाक र मुख नछुने



Leave a Reply

Your email address will not be published.