२४ लाख मात्रा खोप हराएको छैन : छानविन समिति

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोनाविरुद्धको २४ लाख मात्रा खोप नहराएको निष्कर्ष छानविन समितिले निकालेको छ। खोप हराएको भन्ने समाचार सार्वजनिक भएपछि त्यसको छानविनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गुणराज लोहनीको नेतृत्वमा छानविन समिति बनाएको थियो। सो समितिको प्रतिवेदन सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बुझाइएको छ।

समिति संयोजक डा. लोहनीले प्रतिवेदन बुझाएका हुन्। समितिका एक सदस्यले बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको बताए। खोप लगाए पनि त्यसको रेकर्ड राख्न ढिलाइ हुँदा हराएको भन्ने कुरा आएको उनले बताए।

सो प्रतिवेदन आज सार्वजनिक गर्ने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ।



Leave a Reply

Your email address will not be published.