थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ६९६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २ हजार ३१९ संक्रमित संक्रमणमुक्त भएका छन् भने ८ को मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ।

हाल देशभर २० हजार ७३९ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १९ हजार ९३० होम आइसोलेसनमा र ८०९ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै १७८ संक्रमितको आइसियु र ३४ को भेन्टिलेटरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published.