डिस्चार्ज भए सत्यमोहन जोशी

हेल्थपोस्ट नेपाल

काठमाडौं–शताब्दिपुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। शरीरमा अक्सिजनको कमी भएपछि गत सोमबार अस्पताल ललितपुरको किस्ट अस्पताल भर्ना गरिएका उनी अवस्थामा सुधार भएपछि आज डिस्चार्ज भएका हुन्।

गत माघ २५ गते स्वासप्रस्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालले उनमा निमोनिया भएको र मुटुमा समस्या देखिएको बताएको थियो। उनलाई भेट्न आज बिहान ललितपुरका मेयर चिरिबाबु महर्जन अस्पताल पुगेका थिए।



Leave a Reply

Your email address will not be published.