आज प्रेम दिवस : ‘ब्रेकअप’ वा सिंगल भए तनाव टाढा गर्न यस्तो गर्नुस्

काठमाडौं – आज १४ फेब्रुअरी भ्यालेन्टाइन्स डे। प्रेम गर्नेहरुका लागि आजको दिन विशेष मानिन्छ। सबैले यस दिनको लागि अग्रिम योजना पनि बनाउँछन्। यो दिन प्रेम जोडीहरूका लागि विशेष मानिन्छ तर अविवाहित वा प्रेमी वा प्रेमिका नभएकाहरु यस दिनलाई लिएर चिन्तित रहन्छन्। विशेष गरी ती व्यक्तिहरू बढी चिन्तित रहन्छन् जसको भर्खरै ‘ब्रेकअप’ भएको छ। यस दिन यस्ता व्यक्तिहरु प्रायः एक्लै घरको ढोका बन्द गरेर बसेको देख्न सकिन्छ। यस्तो अवस्थाले तपाईं डिप्रेसनको सिकार हुनसक्नु हुन्छ। तसर्थ एक्लै बसेर तनाव लिने काम कहिल्यै नगर्नुस्। यदि तपाईं सिंगल हुनुहुन्छ भने घरमै नबस्नुस् बरु आजको दिन झनै खुसी रहने उपाय खोज्नुस्। यी टिप्स पनि अपनाउन सक्नुहुन्छ-
आफैंलाई प्रेम गर्न सिक्नुस् – आफैंलाई माया गर्नु खुसी हुने एउटा राम्रो तरिका हो। तपाईंले आफुलाई माया नगरेसम्म आफ्नो हेरचाह गर्नुहुन्न। तपाईंले जब आफैंलाई प्रेम गर्न सक्नुहुन्न अरुको मायाको अपेक्षा आफ्ना लागि कसरी गर्न सक्नुहुन्छ? आत्मसम्मान र आत्म-प्रेम एउटै चरणबाट जान्छ। आत्म प्रेम भनेको आफ्ना लागि सोच्नु र राम्रो गर्नु हो। त्यसैले अरुको मायाको अपेक्षा गरेर व्यर्थमा तनाव नलिनुस् आफ्ना लागि आफैं प्रेम गर्नुस्, जीवन नै सुन्दर लाग्नेछ।
साथीहरूसँग समय बिताउनुहोस् – यदि आजको दिनलाई तपाईं विशेष बनाउन चाहनुहुन्छ भने आफ्ना नजिकका साथीहरूलाई भेट्नुहोस्। साथीहरूसँग पार्टी वा कतै जाने योजना बनाउनुहोस्। एक्लै हुनुको आनन्द लिनुहोस्। साथीहरूसँग पुराना कुराहरू सम्झनुहोस् र खुसी हुनुहोस्।
आफ्नो लागि उपहार किन्नुहोस् – प्राय: हामीलाई केही चीजहरू मनपर्छ तर हामी तिनीहरूलाई किन्न लागि समय पर्खन्छौं। यदि तपाईंलाई केही मनपर्छ भने प्रतिक्षा नगर्नुस् र आफ्नो लागि किन्नुहोस् र आफैंलाई त्यो उपहारको रुपमा दिनुहोस्।
गीतहरूलाई आफ्नो साथी बनाउनुहोस् – कुनै पनि समस्याबाट मुक्त हुनका लागि गीत निकै सहयोगी साबित हुन्छ। यदि तपाईं घरमै बस्न चाहनुहुन्छ भने गीतहरूको प्लेलिस्ट बनाउनुहोस् र प्ले गर्नुहोस्। यी गीतहरूसँगै गाउनुहोस् वा नृत्य गर्नुहोस्। केवल संगीतको आनन्द लिनुहोस्।