स्टार अस्पतालको ‘ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा’ सुरु

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुर सानेपास्थित स्टार अस्पतालले ज्येष्ठ नागरिकलाई घरघरमै गुणस्तरीय स्वास्थ्य सेवा ‘स्टार जेरियाट्रिक हेल्थ सर्भिस’ सञ्चालनमा ल्याएको छ।

अस्पतालका अनुसार उक्त सेवा लिएवापत सेवाग्राहीले घरमै बसिबसी ल्याब परीक्षण, फिजियोथेरापी सेवा, डाइट प्लान, चिकित्सकीय परामर्श, औषधी, ब्लडप्रेसर जाँच, शरीरमा अक्सिजनको मात्रा जाँच, पल्स, शरीरको तापक्रम जाँचलगायत अस्पताल आउनुपरेको खण्डमा स्वास्थ्यकर्मीसहित निःशुल्क यातायात सेवा उपलब्ध हुनेछ।

उक्त सेवा दिन अस्पतालले छुट्टै विभाग खडा गरेको छ। सेवा प्राप्त गर्न अस्पतालले प्रतिव्यक्ति ५ हजार र दम्पतीका लागि ८ हजार ८ सय ८८ रुपैयाँको वार्षिक सदस्यता शुल्क तोकेको छ।

हालै अत्याधुनिक पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको अस्पतालले चाँडै निःसन्तान दम्पती लक्ष्य गरी ‘स्टार फर्टिलिटी सेन्टर’ सञ्चालनमा ल्याउने जनाएको छ।

 



Leave a Reply

Your email address will not be published.