कोरोना संक्रमितभन्दा निको हुने साढे सात गुणा बढी

काठमाडौं – बितेको २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १० हजार ११५ जनाको नमुना परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल नेपाल सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ। यो अवधिमा ५६ हजार १२ जनाले खोप लगाएका छन्।