६ हजार ६५४ नमुना परीक्षण गर्दा ८३६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा १ हजार ८२६ संक्रमित संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ।

हाल देशभर २६ हजार १०२ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २५ हजार १४१ होम आइसोलेसनमा र ९६१ संस्थागत आइसोलेसनमा रहेका छन्। २०० संक्रमित आइसियुमा र ३४ भेन्टिलेटरमा उपचाररत छन्।

 



Leave a Reply

Your email address will not be published.