२० हजार ९८९ नमुना परीक्षणमा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २ हजार २१५ संक्रमित संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ।

हाल देशभर २७ हजार ४४१ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २६ हजार ४५० होम आइसोलेसनमा तथा ९९१ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै २०६ संक्रमितको आइसियुमा र ३६ को भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.