चितवनको राप्तीमा फेरि पुष्टि भयो बर्डफ्लू

हेल्थपोस्ट नेपाल

काठमाडौं – चितवनमा बर्डफ्लू रोगको संक्रमण पुन: देखिएको छ। राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना संकलन गरी काठमाडौं पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए।

उक्त फर्ममा २ हजार कुखुरा छन्। उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए। फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ। शंकास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ।



Leave a Reply

Your email address will not be published.