मन्त्री आलेद्वारा सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

हेल्थपोस्ट नेपाल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले सो अवसरमा मन्त्री आलेलाई जानकारी गराएका थिए। सो अवसरमा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका मन्त्री आलेको सचिवालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.