सत्यमोहन जोशीमा निमोनिया र मुटुको समस्या, उपचार जारी

हेल्थपोस्ट नेपाल

काठमाडौं – वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद डा. सत्यमोहन जोशीको उपचार जारी रहेको छ। मंगलबार स्वासप्रस्वासमा समस्या आएपछि उनी ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए।

अस्पतालले उनमा निमोनिया भएको र मुटुमा समस्या देखिएको बताएको छ। जोशीको छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापति नेतृत्वको टोलीले उपचार गरिरहेको छ। जोशीको कोभिड-१९ परीक्षणमा नतिजा भने नेगेटिभ आएको छ।

No description available.



Leave a Reply

Your email address will not be published.