थप २४०१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ७ हजार ७७७ संक्रमित संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ।



Leave a Reply

Your email address will not be published.