थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ६९२ नम‍ुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ संक्रमितको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ भने ११ हजार ८३८ संक्रमितको मृत्यु भएको छ।

हालसम्म पिसिआर टेस्टमार्फत ९ लाख ६८ हजार ६११ र एन्टीजेनमार्फत १ लाख ३५ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको छ।

हाल देशभर ३६ हजार १८१ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३४ हजार ९८३ होम आइसोलेसनमा र १ हजार १९८ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै २५६ संक्रमितको आइसियुमा र ३८ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.