तनावमुक्त जीवनका लागि…

हेल्थपोस्ट नेपाल

काठमाडौं – अरूले तपाईंको हेरचाह गर्दा तपाईंलाई राम्रो लाग्छ, तर तपाईंले आफैलाई प्रोत्साहित गर्न छोड्दा चिन्ता बढ्नु स्वाभाविक हो। आफ्नो लागि समय निकाल्न नसक्दा पनि हतोत्साहित भइन्छ। चाहे त्यसको पछाडिको कारण तपाईंको पारिवारिक जिम्मेवारी होस्, कामको तनाव, सामाजिक प्रतिबद्धता वा अन्य कुरा, जसले तपाईंलाई आफ्नो बारेमा चिन्ता गर्नबाट रोक्छ।

तर जब हाम्रो मानसिक स्वास्थ्य र कल्याणको कुरा आउँछ, आफ्नो हेरचाह गर्न धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाईं पनि आफ्नो लागि समय निकाल्न सकिरहनु भएको छैन र मानसिक समस्याबाट ग्रसित हुनुहुन्छ भने यी ४ उपाय अपनाउनुस्, जसले तपाईंको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ।

१ ‘नाइ’ भन्न सिक्नुहोस् – ‘नाइ’ भन्नु आफैंको हेरचाह गर्ने पहिलो नियम हो। नाइ वा होइन भन्न सक्ने क्षमता कुनै न कुनै रूपमा आत्मविश्वाससँग जोडिएको छ। कम आत्मविश्वास वा इच्छाशक्ति भएका व्यक्तिहरू अरूलाई ‘होइन’ वा ‘नाइ’ भन्न डराउँछन् र अरूको आवश्यकतालाई आफ्नैमा हाबी हुन अनुमति दिन्छन्। त्यसैले कहिले काहिँ ‘नाइ’ भन्नुले तपाईंका लागि नयाँ अवसर र अनुभव दुवै खोल्छ।

२ मनमा भएका कुरा लेख्नुहोस् – मनमा जे छ त्यसलाई लेख्नुस्। यसो गर्नाले तपाईंलाई आफ्नो मनमा रहेका जटिलता र भावनाहरूलाई बाहिर निकाल्न मद्दत गर्छ। यति मात्र होइन, यसले तपाईंको दिमागमा सकारात्मक विचार र आफैसँग कुरा गर्ने शक्ति पनि ल्याउनेछ। यदि तपाईं चिन्ता र डिप्रेसनले सताइरहनुभएको छ भने यसले तपाईंलाई त्यस्ता समस्याबाट बाहिर निकाल्न पनि मद्दत गर्छ। र तपाईंको दिमागले पहिलेभन्दा राम्रोसँग काम गर्नेछ। तपाईंको ध्यान राम्रो हुनेछ र तपाईंको विचार र भावना पहिले भन्दा स्पष्ट हुनेछ।

३ सकारात्मक सोच भएका व्यक्तिहरूको संगत गर्नुस् – तपाईंको मुड राम्रो बनाउन सक्ने मानिसहरूको वरिपरि हुनुस्। यति मात्र होइन, जब तपाईंसँग सकारात्मक सोच्ने व्यक्ति हुन्छ तब तपाईंसँग नकारात्मकता र गलत सोचको लागि समय हुँदैन। बलियो पारिवारिक वा सामाजिक सम्बन्ध भएका व्यक्तिहरू स्वस्थ रहन्छन्। आफ्नो परिवार वा साथीहरूसँग विभिन्न काम तथा घुम्नका लागि योजनाहरु बनाउनुस् वा नयाँ व्यक्तिहरू भेट्नुपर्छ।

४ ध्यान गर्नुस् – ध्यानका धेरै फाइदाहरू छन्, चाहे त्यो शारीरिक रुपमा होस् वा भावनात्मक रूपमा। यसले तनाव कम गर्न मात्र मद्दत गर्दैन चिन्ता, डिप्रेसनलाई पनि हटाउँछ। यस बाहेक, ध्यानले तपाईंको भित्री सहनशक्तिमा सुधार ल्याउँछ, जागरुकता बढाउँछ र राम्रो निद्रा लाग्छ।



Leave a Reply

Your email address will not be published.