आज प्रपोज ‘डे’ : प्रस्ताव राख्नुअघि यी कुरामा दिनुस् ध्यान

हेल्थपोस्ट नेपाल

काठमाडौं – आज ‘भ्यालेन्टाइन विक’को दोस्रो दिन अर्थात फेब्रुअरी ८, यो दिनलाई ‘प्रपोज डे’का रुपमा मनाइन्छ। यो दिन जोडीहरुका लागि निकै विशेष मानिन्छ। यस दिन मानिसहरूले आफूलाई मनपर्नेलाई प्रस्ताव गर्छन् र आफ्नो हृदयको प्रेमभाव व्यक्त गर्छन्। यस दिन मानिसहरूले त्यस्ता व्यक्तिका अगाडि आफ्नो प्रेम व्यक्त गर्छन् जसलाई उनीहरूले लामो समयदेखि मन पराउँदै आएका छन्। धेरैले प्रपोज डेको दिन आफ्नो पार्टनरका लागि सरप्राइज प्लान बनाउँछन् र रोमान्टिक डिनरमा लगेर प्रपोज गर्छन्।

प्रपोज डे (प्रेम प्रस्ताव) को महत्व

प्रपोज डेको महत्व ती व्यक्तिहरुका लागि धेरै हुन्छ जो आफ्नो पार्टनरलाई निकै रोमान्टिक तरिकाले प्रपोज गर्न चाहन्छन्। यस दिन मानिसहरु आफ्नो पार्टनरसँग आफ्नो भावना व्यक्त गर्छन्। आफ्नो मनको अवस्था कसैलाई बताउन डराउनेहरु वा जोसँग आफ्नो प्रेम व्यक्त गर्ने हिम्मत छैन तिनिहरुका लागि यो दिनको ठूलो महत्व छ। यस दिनले त्यस्ता व्यक्तिहरूमा आफ्नो प्रेम व्यक्त गर्ने उत्साह भर्दछ।

यस्तो अवस्थामा, यदि तपाईं पनि यो प्रपोज डेमा विशेष कसैलाई आफ्नो मनको अवस्था बताउन चाहनुहुन्छ भने यहाँ दिइएका टिप्सलाई ध्यानमा राख्नुस्-

प्रपोज गर्ने व्यक्तिको बारेमा सबै कुरा बुझ्नुस् – कुनै पनि केटी वा केटालाई प्रपोज गर्नुअघि उसको बारेमा सबै कुरा जान्नु धेरै महत्त्वपूर्ण छ। आफ्नो भावना व्यक्त गर्नुअघि तपाईंले उसको बारेमा सबै कुरा जान्नुपर्छ। कुन चीजहरूप्रति उसको दृष्टिकोण कस्तो छ भनेर जान्न धेरै महत्त्वपूर्ण छ। किनकि तपाईं उसँगको रिलेसनसिपमा आउनुभयो भने दुवैको विचार मिल्नेछ वा मिल्नेछैन त्यो कुराको ख्याल गर्नुस्। यसबाहेक, तपाईंले उसको परिवार, साथीभाइका बारेमा पनि जान्न आवश्यक छ।

यसको रिलेसनसिप स्टेटस बुझ्नुस् – कुनै पनि युवती वा युवकलाई प्रपोज गर्नुअघि उ सिंगल छ वा रिलेसनसिपमा छ/छैन बुझ्नुस्। यदि उ/उनी सिंगल छ/छिन् भने तपाईंले प्रस्ताव राख्नसक्नुहुन्छ जसले तपाईंको प्रस्ताव स्वीकार हुने सम्भावना बढी हुन्छ। तर यदि उ/उनी पहिले नै सम्बन्धमा छ/छिन् भने तपाईंको प्रस्तावले तपाईंहरुको मित्रता बिगार्न सक्छ।

पहिले बन्नुस् राम्रो साथी – आफ्नो मनको भावना व्यक्त गर्न धेरै गाह्रो छ। साहसका साथ आफ्नो भावना व्यक्त गर्ने मानिसहरु धेरै छन् तर कतिपयको प्रेम प्रस्ताव अस्वीकृतिको सामना गर्नु परेको छ। जसले उनीहरुको आत्मविश्वासमा चोट पुग्छ। यस्तो अवस्थामा कसैलाई प्रपोज गर्नुअघि उसलाई असल साथी बनाउन जरुरी छ। यसले तपाईंलाई उसलाई चिन्न र आफ्नो भावना व्यक्त गर्न सजिलो हुनेछ।

उसको भावनाको कदर गर्नुस् – एउटा तपाईंले बुझ्नै पर्ने महत्त्वपूर्ण कुरा के हो भने तपाईंले उसको भावना बुझ्नु पर्ने हुन्छ। त्यसको कदर गर्नुस्। तपाईंले यो पनि बुझ्न आवश्यक छ कि जसलाई तपाईं प्रपोज गर्न जाँदै हुनुहुन्छ उसले तपाईंलाई मन पराउँछ वा पराउँदैन। यदि उसले तपाईंलाई मन पराउँदैन भने तपाईंले उनीहरूको भावनाको कदर गर्नुपर्छ।

जबरजस्ती नगर्नुहोस् – तपाईं मायाको लागि कसैलाई जबरजस्ती गर्न सक्नुहुन्न भन्ने तपाईंले बुझ्न जरुरी छ। उसले तपाईंलाई मन पराउँदैन भने तपाईंले उसको भावनाको कदर गर्नुपर्छ। यदि तपाईंले उसलाई प्रेम गर्न जबरजस्ती गर्नुभयो भने यसले तपाईंको सम्बन्धलाई बिगार्न सक्छ। त्यसैले आफूहरुबीचको राम्रो सम्बन्ध नबिगार्न यस्तो जबरजस्ती नगर्नुस्।

राम्रो व्यवहार गर्नुहोस् – उसको अघि सधैं राम्रो व्यवहार गर्नुहोस्। ताकि उसले तपाईंको बानी मन पराओस्। यसकारण उसले तपाईंको सम्मान गर्नेछ। उसँग राम्रो व्यवहार गर्दै समय-समयमा सरप्राइज पनि दिने गर्नुस्। सम्मान गरेको नाटक नगर्नुहोस् हृदयदेखि आदर-सम्मान गर्नुहोस्।



Leave a Reply

Your email address will not be published.