कोरोना संक्रमणमुक्त भइसकेपछि अधिकांशमा देखिन्छन् यस्ता समस्या

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना वा यसको भेरियन्ट ओमिक्रोनबाट निको भएपछि पनि धेरैमा थुप्रै समस्याहरु देखा परिरहेका छन्। यसलाई कोभिडको लामो लक्षण भनिन्छ। जसले तपाईंलाई संक्रमणमुक्त भएपछि पनि धेरै हप्ता वा एक महिनासम्म सताउन सक्छ।

वास्तवमा ओमिक्रोनका लक्षणहरू धेरै खतरनाक छैनन् तर यो धेरै छिटो उत्परिवर्तन हुने भेरियन्ट हो, जसको कारण यो हाम्रो लागि खतरा बन्न सक्छ र यसको लक्षणहरूले तपाईंलाई सताउन सक्छ। हामीमध्ये धेरैलाई लाग्छ कि यदि हामी एकपटक कोरोना संक्रमित भइसकेका छौं भने पुन: संक्रमित हुँदैनौं भन्ने। तर, ओमिक्रोनको मामलामा यो सत्य होइन। डेल्टाको तुलनामा ओमिक्रोनले खोप लगाएका मानिसहरूलाई पनि संक्रमित गरिरहेको देखिन्छ र यो अर्को व्यक्तिमा पनि चाँडो फैलिन सक्छ।

तसर्थ, यसको लक्षणहरू पहिचान गर्दै सावधानी अपनाउनु निकै आवश्यक छ। यसका साथसाथै ओमिक्रोनबाट निको भएपछि हुने समस्या बुझ्न र त्यसबाट बच्ने उपायहरू अपनाउनु पनि धेरै महत्त्वपूर्ण छ, किनभने यसले तपाईंको प्रतिरक्षा प्रणाली कमजोर बनाउन सक्छ।

ओमिक्रोन संक्रमणमुक्त भइसकेपछि देखिने समस्या

१ अनिद्रा – ओमिक्रोनबाट निको भएपछि तपाईंमा अनिद्राको समस्या आउनसक्छ। जसले तपाईंको निद्राको चक्रलाई बाधा पुर्‍याउन सक्छ। यस कारण तपाईंलाई कमजोरी र थकान महसुस हुन सक्छ। वास्तवमा, यो एन्जाइटी र फोक्सोमा समस्या भएका मानिसहरूमा बढी देखिन्छ। अनिद्राले तपाईंको स्मरणशक्ति र काम गर्ने क्षमतालाई पनि असर गर्न सक्छ।

२ पेट दुख्ने – संक्रमणले तपाईंको आन्द्रालाई पनि असर गर्न सक्छ, जसको कारण तपाईंलाई पेट दुख्ने समस्या हुन सक्छ। संक्रमणको समयमा, भाइरसले तपाईंको भित्री झिल्लीलाई क्षति पुर्‍याउँछ, जसले यो समस्या निम्त्याउन सक्छ। कलेजोको समस्या भएका मानिसहरूमा यो समस्या खतरनाक साबित हुन सक्छ र भोक नलाग्ने समस्या हुन सक्छ।

३ कफ र खोकी – वास्तवमा ओमिक्रोनले फोक्सोको सट्टा तपाईंको घाँटीमा संक्रमण फैलाउँछ जसले कफ र खोकी निम्त्याउन सक्छ। र यो समस्या ओमिक्रोनबाट संक्रमणमुक्त भएपछि पनि रहन सक्छ। रुघा र खोकीको समस्यालाई हल्कासित लिनुको सट्टा चिकित्सकको सल्लाह लिनुहोस्।

४ एकाग्रतामा कमी – ओमिक्रोनबाट निको भइसकेपछि मानिसको मानसिक स्वास्थ्यमा धेरै असर पर्छ। जसका कारण मानिसको एकाग्रता र स्मरणशक्तिमा पनि असर पर्छ। बिरामीले यी कुरालाई बेवास्ता गर्नुहुँदैन, परीक्षणका लागि समयसमयमा चिकित्सकसँग सम्पर्क राख्नुपर्छ।

५ कपाल झर्ने – कोरोनाको समयमा मानिसको हार्मोन, खानपान र तनावका कारण कपाल झर्ने समस्या हुन सक्छ। यस बाहेक शरीरमा कमजोरी हुनुका साथै शरीरमा प्रोटिनको समस्याका कारण पनि कपाल झर्न थाल्छ।

संक्रमणमुक्त भइसकेपछि देखिने समस्या समाधानका उपाय-

– आफ्नो आहारमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन सी र पोटासियम लिनुहोस्। यसले शरीरमा नयाँ कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ।

– खुसी मिल्ने काम गर्नुहोस्। जस्तै: बगैचामा काम गर्ने, चित्रकला र नृत्य गर्नेलगायत। यसले तपाईंको दिमाग कुनै कुरामा व्यस्त राख्छ र तपाईंमा ती लक्षणहरूले कम प्रभाव पार्छन्।

– मनलाई शान्त बनाउन र एकाग्रता बढाउन योग र ध्यान गर्नुहोस्। यसका लागि प्रशिक्षकको सहयोग पनि लिन सकिन्छ।

– प्रशस्त मात्रामा तरल पदार्थ लिनुहोस् ताकि शरीरको हर्मोनल असन्तुलनलाई ठीक गर्न सकियोस्।

– ओमिक्रोनबाट निको भइसकेपछि पनि स्वास्थ्य समस्यालाई पटक्कै बेवास्ता नगर्नुहोस् र सानातिना समस्या भएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस्।



Leave a Reply

Your email address will not be published.