६ हजार संक्रमित निकाे हुँदा १५ सय ७० संक्रमित थपिए, १३ जनाकाे मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षणमा एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हाे।

याे अवधिमा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने १३ संक्रमितकाे निधन भएकाे छ। मन्त्रालयका अनुसार हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.