७१ जिल्लाले बुझाए खोप विवरण, बाँकीलाई यथासिघ्र बुझाउन मन्त्रालयको निर्देशन

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म सात प्रदेशका ७१ जिल्लाले खोप अभिलेख पठाएको बताएको छ। ति जिल्लाका ६४४ स्थानीय तहहरुको विवरण डिएचआइएस-२ प्रणालीमा प्रविष्ट भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ।

गत माघ १६ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार कोभिड-१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन गर्न गठित समितिको पहिलो बैठकको निर्णय अनुसार खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण सो प्रणालीमा प्रविष्ट गर्न सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ जिल्लाका स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरुलाई निर्देशन दिइएको थियो।

मन्त्रालयले विवरण प्रविष्ट गर्न बाँकी रहेका ६ जिल्ला तथा १०९ स्थानीय तहलाईसमेत यथासिघ्र उक्त विवरणहरु प्रविष्ट गर्न निर्देशन दिएको छ। साथै मन्त्रालयले सबै प्रदेश, जिल्ला तथा स्थानीय तहलाई माघ २१ गतेसम्म प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणवश क्षती भइ प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरणसमेत आगामी माघ २६ गते बुधबार ३ देखि ४ बजेभित्र सो प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको छ।



Leave a Reply

Your email address will not be published.