थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्याे

हेल्थपोस्ट नेपाल

काठमाडौं – सोमबार थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ।

बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले जानकारी दिए।

उनका अनुसार बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते नेपाल आइपुग्ने छ। नेपालले विभिन्न माध्यमबाट अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ।



Leave a Reply

Your email address will not be published.