स्वास्थ्य मन्त्रालयद्वारा ‘गुड प्रयाक्टिस’ पोर्टलको सुरुवात

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुड प्रयाक्टिस पोर्टलको सुरुवात गरेको छ। स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक तथा नविनतम पहलहरुलाई एकै ठाउँमा संगालेर सुसूचित गर्ने र सिकाइ आदान-प्रदान गर्न सहजीकरण गर्ने उद्देश्यले पोर्टलको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ।

यस पोर्टलमा संग्रहित सामाग्रीहरुलाई विभिन्न स्रोतबाट संकलन गरिने मन्त्रालयले बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले स्वास्थ्य क्षेत्रमा गरिएका अन्य सकारात्मक, रचनात्मक, भइरहेका भन्दा फरक नविनतम पहलहरुका बारेमा आवश्यक जानकारी दिइएको खाकामा www.goodpractice.mohp.gov.np पोर्टलमा प्रविष्ट गरी सहयोग गरिदिन पनि सबै स‌ंघ, प्रदेश तथा स्थानीय सरकार तथा मातहतका निकायहरु, सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन्।



Leave a Reply

Your email address will not be published.