काठमाडौंका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो मात्रा

काठमाडौं – काठमाडौंमा आजदेखि पहिलो मात्रा कोरोनाविरुद्धको फाइजर खोप लगाइसकेका विद्यार्थीलाई दोस्रो मात्रा दिइँदैछ। महानगरले सूचना जारी गर्दै आजदेखि फागुन ५ गतेसम्म खोप दिइने बताएको हो।
१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीले महानगरभित्रका ३२ सै वडामा रहेका तोकिएको विद्यालयस्थित खोप केन्द्रबाट खोप लगाउन सकिने महानगरले जनाएको छ। फाइजर खोपको पहिलो मात्रा लगाएको तीन साता पुगिसकेका विद्यार्थीलाई खोप लगाउन महानगरले अनुरोध गरेको छ।
खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने पनि महानगरले जनाएको छ।