थप १ हजार ७१४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५२ हजार ७८०

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ५१३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ४ हजार ७७१ संक्रमित संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६३९ पुगेको छ भने ११ हजार ८०३ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५१ हजार ४३४ होम आइसोलेसनमा र १ हजार ३४६ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै २५१ आइसियुमा र ४९ भेन्टिलेटरमा उपचाररत छन्।



Leave a Reply

Your email address will not be published.