दक्षिण कोरियामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन्। कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेकाले संक्रमितहरूको संख्या धेरै भएको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ संक्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ संक्रमित थपिएका थिए।

एकै दिनमा ३६ हजारभन्दा बढी संक्रमित भएको शनिबार पहिलो पटक हो। शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितहरूको कुल संख्या ९ लाख ७१ हजार १८ पुगेको छ।

नयाँ संक्रमित मध्ये ८ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन्।

सोही अवधिमा २२ जनाको मृत्यु भएको छ। यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या ६ हजार ८५८ पुगेको छ।



Leave a Reply

Your email address will not be published.