लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर, पुन: भेन्टिलेटरमा सारियो

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। ९२ वर्षीया लता त्यसबेलादेखि आइसियुमा छिन्।

लता मंगेशकरको उपचारमा संलग्न रहेका डाक्टर प्रतित सम्धानीले भने, ‘लताजीको स्वास्थ्य बिग्रिएपछि उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। चिकित्सकको टोलीले उनको २४ सै घण्टा निगरानी गरिरहेको छ।’

केही दिनअघि लता मंगेशकरको मृत्युको हल्ला बाहिर आएको थियो। त्यसपछि उनको ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै परिवारका सदस्यले झुटो समाचारमा ध्यान नदिन आग्रह गरेका थिए।



Leave a Reply

Your email address will not be published.