भारतमा १ लाख २७ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि, १०५९ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही समयमा १ हजार ५९ संक्रमितको मृत्यु भएको छ भने २ लाख ३० हजार ८१४ संक्रमित संक्रमणमुक्त भएका छन्।

योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या ५ लाख १ हजार ११४ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ करोड २ लाख ४७ हजार ९०२ पुगेको छ।

भारतमा हाल १३ लाख ३१ हजार ६४८ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.