थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ७३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा ८ हजार ४२५ संक्रमित संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ भने ११ हजार ७९४ को मृत्यु भएको छ।

हाल देशभर ५६ हजार ४५७ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५५ हजार ९० होम आइसोलेसनमा र १ हजार ३६७ संस्थागत आइसोलेसनमा रहेका छन्। २४३ को आइसियुमा र ५१ को भेन्टिलेटरमा उपचार भइरहेको छ।

हालसम्म ३ करोड ३२ लाख ३७ हजार ८९० मात्रा खोप लगाइसकिएको छ। जसमा पहिलो मात्रा मात्र लगाउनेको संख्या १ करोड ७४ लाख ९५ हजार ४९४ रहेको छ भने पूर्ण मात्रा लगाउनेको संख्या १ करोड ५१ लाख ८३ हजार ४४६ रहेको छ। यस्तै ५ लाख ५८ हजार ९५० अतिरिक्त मात्रा लगाइएको छ।



Leave a Reply

Your email address will not be published.