झरी, हिउँ र चिसाे (तस्बिरहरु)

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। अझै केही दिन मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि भारी हिमपात भएको छ।

काठमाडौं उपत्यकामा पनि बिहीबार रातिदेखि वर्षा भएको छ। वर्षाका कारण काठमाडौं उपत्यकामा निकै चिसो महसुस गरिएको छ भने अत्यावश्यक कामले बाहिर निस्केकाहरु प्रभावित भएका छन्। यस्तै उपत्यका वरपर रहेका चन्द्रागिरिलगायतका डाँडाहरुमा हिमपात भएको छ। यो वर्षा र हिमपात शुक्रबार रातिसम्म र देशका कतिपय क्षेत्रमा शनिबारसम्म पनि जारी रहने बताइएको छ।

चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिने आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध पनि गरेको छ।

 

 



Leave a Reply

Your email address will not be published.