दिल्लीका शैक्षिक संस्था र जिम क्लब खुल्ने

काठमाडौं – भारतको राजधानी दिल्लीमा स्कूल, कलेज र जिम खोल्ने निर्णय गरिएको छ। दिल्ली डिजास्टर मेनेजमेन्ट अथोरिटी (डिडिएमए) को आज बसेको बैठकले शैक्षिक संस्था र जिम क्लब खोल्ने निर्णय गरेको हो। यसअघि व्यवसायी संघले कर्फ्यू र अन्य बन्देज हटाउन माग गरेका थिए भने अभिभावक संघले पनि विद्यालय खोल्न माग गरेका थिए।
यसैबीच, रातिको कर्फ्यू हटाउने विषयमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन। ओमिक्रोनका कारण गत डिसेम्बर २९ देखि दिल्लीका विद्यालय, कलेजलगायत शैक्षिक संस्था बन्द गराइएका थिए।