बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने?

हेल्थपोस्ट नेपाल

काठमाडौं – बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन्। ती मध्ये सबैभन्दा बढी देखिएको रक्त क्यान्सर हो। बालबालिकामा यसका अलावा मष्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन सक्छन्।

बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको लक्षण देखिनेबित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने नै हो। समयमै पत्ता लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन्छ।

बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा गर्ने व्यवस्था छ।

बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिने हुँदा यसको लक्षणहरु जानिराखौं –

-रगतको कमी भइ छाला सेतो देखिनु, त्यतिकै रगत बग्नु
-असाधारण रुपमा तौल घट्नु
-खोकी निको नहुनु
-आँखाको सेतो नानी डेडो हुनु, दृष्टि गुमाउनु
-शरीर सुन्निनु, पेट असामान्य रुपमा फूल्नु
-विशेष गरी बिहान अत्याधिक टाउको दुख्नु र बान्ता हुनु
-हड्डी दुख्नु, चोट नलागी सुन्निनु
-चाँडो गल्नु, थकित हुनु र झोक्रयाउनु
-चक्कर लाग्नु, शरीर सन्तुलनमा राख्न नसक्नु



Leave a Reply

Your email address will not be published.