विश्व क्यान्सर दिवस : वर्षेनी हुन्छ १ करोडको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – आज नेपालसहित विश्वभर विश्व क्यान्सर दिवस मनाइँदैछ। ‘क्लोज द केयर ग्याप’ नारासहित आज विश्वभर क्यान्सर दिवस मनाइँदैछ। नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दैछ चुनौती क्यान्सरको पहुँच बढाऔं स्याहारको’ नारासहित यो दिवस मनाउँदैछ।

क्यान्सर एक स्वास्थ्य समस्या मात्र नभइ विश्वभर हुने मृत्युको प्रमुख कारण पनि हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा मात्र लगभग २ करोड मानिसमा क्यान्सर देखिएको छ भने क्यान्सरकै कारण १ करोडको मृत्यु भएको छ।

मन्त्रालयले क्यान्सर बारेका गलत बुझाइलाई हटाइ सचेतना र शिक्षा बढाउन आग्रह गरेको छ। साथै विश्वभर यस रोगको रोकथाम र उपचारमा पहुँच बढाउन सम्बन्धित निकायहरुमा प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ।

क्यान्सर भनेको के हो?

शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो। जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ।

ट्युमरका किसिमहरु के हुन्?

-घातक प्रवृत्ति : यो घातक प्रवृत्तिको ट्युमर हो। यसको उग्र अस्वभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो। यो ट्युमर शरीरको अन्य भागमा पनि फैलिएर जान्छ।

-नम्र प्रवृत्ति : नम्र प्रवृत्तिको यो ट्युमरले कुनै पनि हानी गर्दैन र शरीरका अन्य भागमा पनि फैलिँदैन।

क्यान्सरका कारक तत्वहरु के हुन्?

-अत्यधिक मद्यपान र धुम्रपान
-अस्वस्थ आहार
-वंशाणुगत कारण
-विकिरणको प्रभाव
-जीवाणुका कारण
-वातावरणीय प्रदुषण

क्यान्सरबाट बच्ने उपाय

अहिले विश्वमा बिभिन्न खालका क्यान्सर रोगहरु देखिएका छन्। जुनसुकै प्रकारका क्यान्सर रोग देखिए पनि यसबाट बच्न निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ-

-मद्यपान तथा धुम्रपान नगर्ने
-शाकाहारी र सन्तुलित भोजन गर्ने
-चर्को नुनको प्रयोग नगर्ने
-धुँवामा सेकिएको मासु कम खाने
-चिल्लो पदार्थ, ढुसी परेको, बासी खानेकुराहरुको प्रयोग कम गर्ने
-नियमित व्यायाम गर्ने
-सरसफाइमा विशेष ध्यान दिने
-नियमित स्वास्थ्य परीक्षण गर्ने

क्यान्सर नियन्त्रणका उपाय

-सम्भावित लक्षणहरु देखापर्नासाथ चिकित्सकसँग सम्पर्क राख्ने
-वर्षेनी नियमित रुपमा शरीरको पूर्ण परीक्षण गर्ने
-रोग पुष्टि भएमा चिकित्सकको सल्लाह बमोजिमको उपचारमा संलग्न हुने
-उपचार विधि र यसको महत्वबारे जनचेतना फैलाउने र रोग नियन्त्रणमा सहयोग गर्ने

क्यान्सरमाथि मेराे जितकाे सूत्र : तन, मन र धनकाे व्यवस्थापन

खतरनाक ब्लड क्यान्सर : जोखिम कसरी कम गर्ने?

स्तन क्यान्सर : लक्षण, जोखिम र बच्ने उपाय



Leave a Reply

Your email address will not be published.