३ हजार १७५ मा संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे विवरण अनुसार १२ हजार ६०५ जनाकाे नमुना परीक्षण ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको हो।
याे अवधिमा भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १४ जनाको निधन भएकाे छ। हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन्।