दाङका कोरोना संक्रमितको मृत्यु

काठमाडौं – पश्चिम दाङका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन्।
गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उनलाई संक्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो। उनको बुधबार राति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए।