‘महामारी अन्त्यबारे अहिल्यै केही भन्न सकिन्नँ, बढ्दैछ पोस्ट-कोभिड सिन्ड्रोमको जोखिम’

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारीको अन्त्यबारे अहिले नै केही भन्न हतार हुने बताएको छ। डब्लुएचओ युरोपका लागि क्षेत्रीय निर्देशक हान्स क्लुगले कोभिड-१९ महामारीको अन्त्यका बारेमा अहिल्यै कुरा गर्न निकै चाँडो हुने बताएका हुन्। ‘हामी अहिले नै महामारीको अन्त्य हो भनेर भन्न सक्दैनौं’, क्लुगेले टास समाचार एजेन्सीसँगको अन्तर्वार्तामा भने, ‘यो धेरै चाँडो हुनेछ।’
‘यो भाइरसले हामीलाई एकपटक भन्दा बढी आश्चर्यचकित गरेको छ। उदाहरणका लागि, डेल्टा भाइरस। तर हो, यो केवल आशावादको कारण हो। तर, आराम गरेर बस्नु हुँदैन। यद्यपि, कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणको वर्तमान लहर बलियो तर छोटो हुनेछ,’ उनले थपे।
पोस्ट-कोभिड सिन्ड्रोमको बढ्दो जोखिम
क्लुगेले भने, ‘अहिले हामीसँग महामारी रोक्न ५ वटा स्टेबिलाइजर छन्। जसमा भ्याक्सिनेशन, बुस्टर शट, मास्क, भेन्टिलेसन, कोभिड रुम र यसको उपचारतर्फ निरन्तर भइरहेको प्रगति समावेश छ। यी पाँच स्टेबिलाइजरको सहयोगले महामारी रोक्न सक्ने उनले बताए। ‘तर, हामी संक्रमणको चरम सिमामा पुगेका देशको अनुभवको आधारमा देख्छौ कि यसको लहर छोटो तर बलियो हुन्छ। जसका लागि हामीले शारीरिक रुपमा अशक्त र कमजोरहरुलाई रक्षा गर्न आवश्यक छ।’
डब्लुएचओका क्षेत्रीय निर्देशक क्लुगले ओमिक्रोन भेरियन्टबाट संक्रमित व्यक्तिहरूमा यसको हल्का रूप देखिए पनि यसले अन्य स्ट्रेन जस्तै पोस्ट-कोभिड सिन्ड्रोम निम्त्याउन सक्छ।
क्लुगले भने, ‘ओमिक्रोन भेरियन्टलाई प्रभाव पार्न दिउँ र खोपको पनि आवश्यकता पर्दैन किनकि यो त हल्का छ भनेर हामीले कहिल्यै सोच्न हुँदैन। किनभने त्यहाँ एक सिन्ड्रोम पनि छ, जसलाई दीर्घकालीन-कोभिड भनिन्छ। ३० प्रतिशतसम्म मानिस महिनौंसम्म कोभिड–१९ बाट पीडित छन्। हामीले आधुनिक प्रकृतिसँग खेलबाड गर्नु हुँदैन।’
क्लुगेले कोभिड-१९ विरुद्ध पुनः खोप लगाउन पनि आह्वान गरेका छन्। उनले भने, ‘म सबैलाई खोप लगाउन र यस कार्यलाई बढावा दिन प्रोत्साहित गर्न चाहन्छु। खोपले हामीलाई थप ५ लाखको मृत्युबाट बचाएको छ। खोप लगाएपछि मात्रै हामी यो महामारीबाट बाहिर आउने आशा गर्न सक्छौं।’