‘डार्क सर्कल’ले सुन्दरता घटाएको छ?, अपनाउनुस् यी घरेलु उपाय

हेल्थपोस्ट नेपाल

काठमाडौं – तपाईंको आँखा जति सुन्दर भए पनि आँखा मुनि कालो घेरा (डार्क सर्कल) आयो भने त्यसले तपाईंको सुन्दरतालाई नै फिक्का बनाइदिन्छ। यस्तो हुँदा अधिकांश महिला तथा पुरुषमा तनाव थपिने हुन्छ। डार्क सर्कल हुनुमा पोषक तत्वको कमी हुनु, लगातार कम्प्युटरको अगाडि बस्नु, निद्रा पूरा नहुनु, अत्यधिक तनाव र रोग लाग्नु जस्ता धेरै कारणहरू छन्। डार्क सर्कलले अनुहारको सौन्दर्यता मात्र घटाउँदैन मानिसलाई उमेरभन्दा अघि नै धेरै बुढो देखाउँछ। आज हामी तपाईंलाई केहि यस्ता घरेलु उपायहरु बताउँदैछौं जसको प्रयोगले तपाईं सजिलैसँग कालो घेराबाट छुटकारा पाउन सक्नुहुन्छ।

-काक्रा र पुदिनाको पातलाई पिसेर आँखा नजिकको कालो घेरामा लगाउनाले बिस्तारै निको हुन थाल्छ।

-बदामलाई रातभर पानीमा भिजाउने अनि पिसेर त्यसमा कागतीको रस मिसाएर प्रभावित क्षेत्रमा लगाउनाले कालो घेरा कम हुन्छ।

-टमाटरको पेस्ट बनाएर अलिकति बेसन र कागतीको रस मिसाएर आँखामुनि लगाउनुस्, बिस्तारै असर देखिनेछ।

-काचो आलुलाई पिसेर पेस्टलाई आँखा मुनिको कालो घेरामा लगाउनुहोस्। यो डार्क सर्कलको लागि पनि राम्रो उपाय हो।

-काक्रोको टुक्रा लिनुहोस् र यसलाई आँखा मुनिको कालो घेरामा लगाउनुहोस्। यो डार्क सर्कल हटाउने रामबाण र सजिलो उपाय पनि हो।

-अनारको बोक्राको पेस्ट बनाएर डार्क सर्कलमा लगाउनाले समस्या हट्न थाल्छ।

-काक्रोको रस निकाल्नुहोस्। त्यसपछि बराबर मात्रामा गुलाबजल मिसाएर आँखाको डार्क सर्कलमा लगाउनुस्।

-हरेक दिन सुत्नुअघि दूधमा कपास भिजाएर आँखामा राख्नुहोस्। यसलाई १० मिनेटको लागि राखेपछि हटाउनुहोस्।

-हरेक दिन सफा पानीमा गुलाबजलको थोपा मिसाएर आँखा धुनुहोस्।



Leave a Reply

Your email address will not be published.