भारतमा ६ दिनको अवधिमा ६६५६ कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा ६ दिनपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८ जनाको मृत्यु भएको छ। यसअघि गत बुधबार १ हजार ७३३, मंगलबार १ हजार १९२, सोमबार ९५९, आइतबार ८९३ र शनिबार ८७१ को मृत्यु भएको थियो। योसँगै पछिल्लो ६ दिनको अवधिमा ६ हजार ६५६ जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही समयमा २ लाख ५९ हजार १०७ संक्रमित संक्रमणमुक्त भएका छन्।

भारतमा हाल सक्रिय संक्रमितको संख्या १५ लाख ३३ हजार ९२१ रहेको छ। हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ।

 



Leave a Reply

Your email address will not be published.