थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५८२ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै सोही समयमा १२ संक्रमितको मृत्यु भएको छ भने ७ हजार ५५५ संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७८ हजार ७२० पुगेको छ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन्।